Section 77
कागजातको ढाँचा
(१) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम आवश्यकपर्ने तथा यस ऐनको प्रभावकारी कार्यान्वयनका लागि आवश्कपर्ने सूचना, विवरण तथा जानकारीहरु समावेश हुने गरी विभागले समय समयमा आवश्यक कागजात, आय विवरण लगायतका विवरणहरु, कर कट्टी विवरण दाखिला गर्ने तरिका र ढाँचा तथा अभिलेखको ढाँचा तोक्न सक्नेछ ।

(२) बिभागले: उपदफा (१) बमोजिमका ढाँचाहरु सर्वसाधारणको जानकारीको लागि विभागमा र विभागले निर्धारण गरेका अन्य स्थानमा तथा अन्य माध्यमबाट उपलब्ध गराउनेछ ।

(३) विभागले कुनै व्यक्तिले विभागमा पेश गर्नुपर्ने सूचना वा विवरण वा कागजात विद्युतीय माध्यमबाट पेश गर्नुपर्ने गरी तोक्न सक्नेछ ।